प्रत्यक्षमा २ प्रतिशतले बढ्यो महिला उम्मेदवारी, कुन दलले कति बढाए ? – Nepal Press

प्रत्यक्षमा २ प्रतिशतले बढ्यो महिला उम्मेदवारी, कुन दलले कति बढाए ?

माओवादीले तेब्बरले महिला उम्मेदवारी बढाउदाँ एमाले दोब्बर, काँग्रेस बराबर

काठमाडौं । २०७४ सालको निर्वाचनमा भन्दा आगामी मंसिर ४ मा हुने प्रतिनिधिभाको निर्वाचनमा प्रत्यक्षतर्फ २ प्रतिशतले महिला उम्मेदवारी बढेको पाइएको छ । २०७४ सालको निर्वाचनमा ५५ राजनीतिक दल र स्वतन्त्रबाट १४५ जना महिलाले उम्मेदवारी दिएकोमा आगामी निर्वाचनमा ५७ राजनीतिक दल र स्वतन्त्रबाट गरेर २३५ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसरी हेर्दा गत निर्वाचनमा जम्मा उम्मेदवारीको ७ प्रतिशत मात्र महिलाको उम्मेदवारी परेकोमा आगामी निर्वाचनमा जम्मा उम्मेदवारीको ९ प्रतिशत महिलाको उम्मेदवारी परेको हो । २०७४ को निर्वाचनमा ५५ राजनीतिक दल र स्वतन्त्रबाट गरेर १ हजार ९४४ जनाले उम्मेदवारी दर्ता गराउदाँ ९२ प्रतिशत अर्थात १ हजार ७९९ जना पुरुषले उम्मेदवारी दर्ता गराएका थिए । आगामी निर्वाचनमा ५७ राजनीतिक दल र स्वतन्त्रबाट गरेर २ हजार ५२६ जनाले उम्मेदवारी दर्ता गराउदाँ ९० प्रतिशत अर्थात २ हजार २९१ पुरुषले उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादीले तेब्बरले महिला उम्मेदवारी बढाउदाँ एमाले दोब्बर, काँग्रेस बराबर

समग्रमा महिलाको उम्मेदवारी २ प्रतिशत बढ्दा प्रमुख राजनीतिक दलमध्ये सबैभन्दा धेरै नेकपा (माओवादी केन्द्र)ले तेब्बरले महिलाको उम्मेदवारी बढाएको छ । यस्तै नेकपा एमालेले दोब्वर प्रतिशतले महिलाको उम्मेदवारी बढाउदाँ सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसले अघिल्लो निर्वाचनमा जस्तै उहि प्रतिशतमा महिला उम्मेदवार उठाएको छ ।

नेकपा (माओवादी केन्द्र)ले २०७४ को भन्दा ११ प्रतिशतले महिला उम्मेदवारी बढाएको हो । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ जम्मा उम्मेदवारीको ६ प्रतिशत मात्र महिला उम्मेदवारी दिएको माओवादीले आगामी निर्वाचनमा जम्मा उम्मेदवारीको १७ प्रतिशत महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

२०७४ को निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ माओवादीबाट जम्मा ५९ जनाले उम्मेदवारी दिँदा ६ प्रतिशत अर्थात ४ जना मात्रै महिलाले उम्मेदवारी दिएका थिए । यस पटक भने ४७ जनाले उम्मेदवारी दिदाँ संख्यात्मक हिसावले दोब्बर अर्थात ८ जना तथा प्रतिशतका हिसाबले करिव तेब्बर अर्थात १७ प्रतिशत उम्मेदवारी महिलाबाट दिलाएको हो ।

नेकपा एमालेले २०७४ सालको निर्वाचनमा जम्मा १०३ जना उम्मेदवार उठाउदाँ ४ प्रतिशत अर्थात ५ जना मात्रै महिला उठाएको थियो । तर, यस पटक गठबन्धनका विरुद्ध निर्वाचनमा होमिएको एमालेले सबैभन्दा धेरै ८ प्रतिशत महिला उम्मेदवार पठाएको छ । जसमा एमालेले जम्मा १४४ जना उम्मेदवार उठाउदाँ १२ जना महिला उम्मेदवार उठाएको हो ।

नेपाली काँग्रेसले भने अघिल्लो निर्वाचन र अहिलेको निर्वाचनमा महिला उम्मेदवार बराबर उठाएको छ । संख्यात्मक हिसावले अघिल्लो निर्वाचनमा काँग्रेसले बढी उठाएको जस्तो देखिए पनि प्रतिशतका हिसावले बरावर उम्मेदवार उठाएको हो । २०७४ सालको निर्वाचनमा नेपाली काग्रेसले जम्मा १४५ जना उम्मेदवार उठाउँदा ५ प्रतिशत अर्थात ९ जना महिला उठाएकोमा आगामी निर्वाचनमा ९२ जना उम्मेदवार उठाउँदा पनि ५ प्रतिशत अर्थात ५ जना मात्रै उम्मेदवार उठाएको छ । प्रतिशतको हिसावले अघिल्लो निर्वाचनमा धेरै उम्मेदवार उठाएका धेरै महिला उठाएकाले यस वर्ष कम उम्मेदवार उठाउदाँ कम महिला नै उम्मेदवार उठाएको छ ।

नेकपा (माओवादी केन्द्र)बाहेक अन्य दलको तुलनामा आगामी निर्वाचनमा महिलाको उम्मेदवारी स्वतन्त्रबाट बढी परेको छ । आयोगको विवरणअनुसार स्वतन्त्रबाट ८८५ जनाले उम्मेदवारी दिएकोमा ९ प्रतिशत अर्थात ८५ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । यद्यपी भोलि उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेकाले कतिपय उम्मेदवारले उम्मेदवारी फिर्ता लिनसक्ने सम्भवना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर