बर्दिया-१ मा कांग्रेसको उम्मेदवार सञ्जय गौतम कायम, राठौरको मनोनयन खारेज – Nepal Press

बर्दिया-१ मा कांग्रेसको उम्मेदवार सञ्जय गौतम कायम, राठौरको मनोनयन खारेज

काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार सञ्जय गौतम नै कायम भएका छन् । गठबन्धनबाट कांग्रेसले पाएको सो क्षेत्रमा जिल्ला सभापति अरुण प्रकाश सिंह राठौर र निवर्तमान सांसद सञ्जय गौतमको दोहोरो उम्मेदवारी परेको थियो ।

राठौर संस्थापन पक्षका हुन् भने गौतम शेखर गगन पक्षका हुन् । उनी २०७४ सालमा तत्कालीन नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई पराजित भएर चर्चामा आएका थिए ।

गौतमको उम्मेदवारी नै आधिकारिक रहेको पत्र केन्द्रीय कार्यालयमा जिल्ला निर्वाचन कार्यालयमा पुगेको सहायक निर्वाचन अधिकृत निलकण्ठ बरालले नेपाल प्रेसलाई जानकारी दिए । राठौरको उम्मेदवारी खारेज भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *