देउवाविरुद्धको उजुरीमा आरजूले बुझाइन् जवाफ, आयोगले निर्णय लिँदै – Nepal Press

देउवाविरुद्धको उजुरीमा आरजूले बुझाइन् जवाफ, आयोगले निर्णय लिँदै

कैलाली । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध परेको उजुरीबारे निर्वाचन कार्यालयमा प्रमाण पेश गरिएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजू राणा देउवाले उजुरीको जवाफ दिएकी हुन् ।

नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्म मिति रहेको भन्दै देउवा विरुद्ध कर्ण मल्लले हिजो उजुरी दर्ता गराएका थिए ।

देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

देउवालाई जवाफ पठाउनका लागि दिउँसो २ बजेसम्मको समय दिइएको थियो।

उजुरीको जवाफ आएपछि के गर्ने भन्ने बारे छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए । ५ बजे भित्र यस विषयमा आयोगले निर्णय लिने उनले बताए ।


प्रतिक्रिया

One thought on “देउवाविरुद्धको उजुरीमा आरजूले बुझाइन् जवाफ, आयोगले निर्णय लिँदै

  1. लठारै जान्छ यसकाे उमेदबारी रद्व भयपछि राष्ट्र काे सर्म बचाउने अरु र्याले र घुरे हुने छैनन अब नेपालमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर