प्रभु साहबारे भीम रावलको टिप्पणी : सन्दिग्ध र हरियो सर्पलाई माथि चढाउने को ? – Nepal Press

प्रभु साहबारे भीम रावलको टिप्पणी : सन्दिग्ध र हरियो सर्पलाई माथि चढाउने को ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रभु साहको भूमिकाप्रति पार्टी नेतृत्वमाथि प्रश्न उठाएका छन् । नेता साहले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिए पनि नेता रावल त्यसबारेमा बोलेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘प्रभु साहको विद्रोह बारे निज पहिलेदेखि सन्दिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो। हरियो सर्प भनेको पनि आयो। सन्दिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौँ सन्दिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’

उनले नेता साहलाई माथि उठाउने को भन्दै अध्यक्ष ओलीमाथि प्रश्न गरेका छन् ।

त्यसो त ओलीले झापाबाट पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा साहका सन्दिग्ध गतिविधिबारे पार्टीमा पहिले नै जानकारी समेत बताएका थिए । एमाले प्रचार विभाग प्रमुख विष्णु रिजालले नेता साहलाई हरियो सर्पको संज्ञा समेत दिएका थिए।

त्यसको जवाफ फर्काउने नेता रावलले पार्टीमा सन्दिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ भनेर प्रश्न गरेका छन् ।


प्रतिक्रिया

3 thoughts on “प्रभु साहबारे भीम रावलको टिप्पणी : सन्दिग्ध र हरियो सर्पलाई माथि चढाउने को ?

  1. प्रभु साहबाट झण्डै धोका भएको । अब भिम रावलबाट चाहिँ धोका नहुनेगरी अहिले नै व्यवस्था गरिहाल्नुपर्छ । दुवैलाई चलाउने व्यक्ति एकै हुन् ।

  2. नेकपा एमालेमाथि कुनै चोट लाग्योभने त्यसमा नुनचुक छर्न @BhimRawal179 हतार गरेर पार्टी अध्यक्षमाथि तुरून्तै धावा बोल्छन् अनि अझै पनि आफू एमाले नै भएको दावा गरिरहन्छन्।
    केपी ओलीको दुर्गतिमा आफ्नो प्रगति देख्ने अनि घरमा संकट आउँदा खुसी हुने भीमबहादुर रावलको यो कस्तो खालको राजनीति हो?

    1. यी अरूबाट सञ्चालित हुन् , दक्षिणबाट । अनि एमाले विरूद्व नबोले त दानापानी बन्द गरिदिन्छ दक्षिणले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर