बैतडीमा भण्डारीको ह्याट्रिक सपनामा बाधक बन्लान् त कुँवर ? – Nepal Press

बैतडीमा भण्डारीको ह्याट्रिक सपनामा बाधक बन्लान् त कुँवर ?

कुँवर र भण्डारीको तेस्रो भिडन्त

कैलाली । २०६४ र २०७० मा एक अर्का विरुद्ध उम्मेदवार रहेको दामोदर भण्डारी र नरेन्द्र कुँवर (विजय सुन्दर) यस पटकको निर्वाचनमा पनि एक अर्का विरुद्ध चुनावी मैदानमा उत्रिएका छन् ।

२०६४ सालमा भण्डारी कुवरसँग पराजित भएका थिए भने २०७० मा भण्डारीले कुवरलाई हराएका थिए । दोस्रो पटक सम्म एकले अर्का विरुद्ध एक जित र एक हार निकालेका दुवै बिचको चुनावी परिणामलाई अहिले यहाँ रोचक रूपमा हेरिएको छ ।

पूर्व अर्थ राज्यमन्त्री समेत भइसकेका भण्डारी नेकपा एमालेका प्रदेश अध्यक्ष हुन् भने कुवर माओवादीका पोलिट्ब्युरो सदस्य हुन् ।

२०६४ पछि २०७४ मा मात्रै उनीहरू दुवै जना आमने सामने भएनन् । त्यसबाहेकका निर्वाचनमा एक अर्का विरुद्ध उनीहरू लड्दै आइरहेका थिए । २०७४ मा भने बाम गठबन्धनको साझा उम्मेदवार बनेको भण्डारी नेपाली काग्रेंसका नर बहादुर चन्दलाई भारी मतले पराजित गर्दै प्रतिनिधि सभामा विजयी भएका थिए ।

लगातार दुई पटक सम्म जित निकालेर भण्डारी अहिले पनि जितेर ह्याट्रिक गर्ने होडमा छन् भने कुवर ०७० सालको निर्वाचनमा हारको बदला लिने पक्षमा छन् ।

सत्ता गठबन्धनबाट प्रतिनिधि सभाका माओवादीलाई भाग लगाएर दुवै प्रदेश कांग्रेसले राखेको छ। यता जिल्लामा उपस्थिति नै शून्य भएको भन्दै समाजवादीका नरेन्द्र विष्टले प्रदेशसभा (क) मा गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको देखिएको किचलोको फाइदा उठाउँदै ह्याट्रिक गर्ने भण्डारीको रणनीति रहेको छ ।

यता गठबन्धनको मतका आधारमा आफू बलियो रहेको कुवरको दाबी छ । वैशाख ३० गतेको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा एमाले सबै भन्दा अगाडी लेखिन्छ ।

उहाँ एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४० र राप्रपाको २ हजार ४ मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर