सत्तारुढ गठबन्धन बलियो बन्यो : पुष्पा भुसाल – Nepal Press

सत्तारुढ गठबन्धन बलियो बन्यो : पुष्पा भुसाल

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले अर्घाखाँचीमा गठबन्धन एकताबद्ध रूपमा अगाडि बढेको बताउँदै आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेकी छन् ।

उनले संविधान बचाउन लागि लोकतान्त्रिक गठबन्धनको जित अपरिहार्य समेत रहेको बताइन् ।

नेतृ भुसालले सोमबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सन्धिखर्कमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै उक्त कुरा जनाएकी हुन् ।

‘अर्घाखाँची जिल्लामा निर्वाचनमा जित्नै पर्छ, गठबन्धन दल एकताबद्ध रूपमा अगाडि बढेका छौँ, जिल्लाको विकासका लागि काँग्रेसको योगदान धेरै छ’, उनले भनिन् ।

गरिब जनता धनी भए मात्रै विकासको महसुस हुने भएकाले कृषि र पशुपालनबाट जनताको आय स्तरमा वृद्धि हुने भएकाले गठबन्धनको जीत सुनिश्चित हुनुपर्ने नेतृ भुसालले बताइन् ।

प्रदेश सभा (क) मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार विकले पूर्वाधार विकाससँगै कृषि र पशुपालनको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने बताए ।

प्रदेश सभा (ख) का उम्मेदवार तथा काँग्रेसका नेता कमलप्रसाद भुसालले पर्यटनको क्षेत्रबाट अर्घाखाँचीमा विकास सम्भव भएको बताए ।

उनले अर्घाखाँचीको विकासका लागि सुपा देउराली आएका पर्यटकलाई सन्धिखर्क, अर्घा र मालारानी, छत्रदेव हुँदै पाणिनिसम्म लैजाने गरी वृहत् कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुशीला श्रीपालीले राजनीतिक अस्तित्वका लागि अर्घाखाँचीमा गठबन्धनको जित हुनुपर्ने बताइन् ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सह महामन्त्री विष्णु मुस्कानले गठबन्धनभित्र एकजुट रहेको बताए । उनले अर्घाखाँचीको विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनको जित हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर