प्रधानमन्त्री देउवालाई प्रस्टीकरण दिन मंगलबार दिउँसो २ बजेसम्मको समय
नेपाल प्रेस
२०७९ असोज २४ गते १७:२१
कैलाली । नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।
डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार उजुरीउपर स्पष्ट पार्न मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ ।
‘उजुरी परेको छ । उहाँलाई भोलि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ’, उनले भने, ‘त्यसपछि के गर्ने भन्नेबारे आयोगले निर्णय लिन्छ ।’
सूचना पाटीमा टाँसिएको व्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर