मिटरब्याज पीडितहरु ४५ दिनदेखि आन्दोलनरत, माइतीघरमा दिए धर्ना – Nepal Press

मिटरब्याज पीडितहरु ४५ दिनदेखि आन्दोलनरत, माइतीघरमा दिए धर्ना

काठमाडौं । मिटरब्याज पीडितहरुले शुक्रबार ४५ औं दिन पनि काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।

आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू निरन्तर धर्ना बस्दै आएका हुन् । आफुहरुलाई समस्यामा पार्नेहरुलाई कारबाही नगरेसम्म धर्ना नछाड्ने उनीहरुको भनाई छ । आन्दोलनरत मिटरब्याज पीडितहरुको अनसन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाउने क्रम पनि जारी छ ।

यसै क्रममा शुक्रबार आगामी मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ईन्जिनियर किरण केसीलगायत नागरिक समाजका अगुवाहरुले ऐक्यबद्धता जनाएका हुन् ।

अष्ट्रेलियाबाट केही दिनअघि मात्र नेपाल आएर एयरपोर्टबाटै उम्मेदवारी घोषणा गरेका ई. केसीले मिटरब्याजी पीडितहरुको पक्षमा साथ दिने प्रतिवद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर