सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँ र संघीय मन्त्री चौधरीबीच भेटवार्ता – Nepal Press

सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँ र संघीय मन्त्री चौधरीबीच भेटवार्ता

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीबीच भेटवार्ता भएको छ । भेटवार्तामा प्रदेशको अवस्था, नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको थियो ।

शुक्रबार कैलाली पुगेकी मन्त्री चौधरीले शनिबार प्रदेश प्रमुखसँग भेटवार्ता गरेकी हुन् । शनिबार कञ्चनपुर र कैलालीका कार्यक्रम सकेर मन्त्री चौधरीले प्रदेश प्रमुखसँग भेट गरेकी हुन् ।

प्रदेश प्रमुख मियाँसँग मन्त्री चौधरीसहित पूर्वमन्त्री तथा पूर्वसांसद नारदमुनि राना, पूर्वसांसद निरुदेवी पाल, प्रदेशसभा सदस्य तथा एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापालगायतको टोलीले भेटवार्ता गरेको थियो ।

‘यहाँको कार्यकालसम्म सुदूरपश्चिम प्रदेशमा समृद्धि, सुशासन र विकासले गति पाउने छ भन्ने अपेक्षा लिएका छौं’, मन्त्री चौधरीले भनिन् ।

मन्त्री चौधरीलाई पनि प्रदेश प्रमुख मियाँले जनतामुखी नीति तथा कार्यक्रम र बजेट ल्याउन र कार्यान्वयनमा जोड दिन सुझाव दिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर