पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा – Nepal Press

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा

मुग्लिन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए। राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर