जनकपुरधाममा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु – Nepal Press

जनकपुरधाममा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २० देवरा रुपैठास्थित सार्वजनिक पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मृत्यू हुनेमा जयनारायण महतोको ६ वर्षीय छोरा शिवनन्दन महतो र राकेश पासवानको ६ वर्षकै छोरा आदित्य पासवान छन् ।

शनिवार दिउँसो पोखरीमा नुहाउने क्रममा डुब्न लाग्दा स्थानीयले उद्धार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल लग्ने क्रममा दुबै बालकको मृत्यु भएको स्थानीय मनोज साहले जानकारी दिए ।

मृतक दुबै बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमै राखिएको छ । पोस्टमार्टमपछि शव आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

गर्मीयाममा पोखरीमा नुहाउने क्रममा हरेक वर्ष तराईरमधेशका जिल्लाहरुमा ठूलो संख्यामा बालबालिकाको मृत्यु हुने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर