सामाजिक सेवामा अस्तित्व फाउन्डेसन: रैनादेवीमा १ हजारभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण – Nepal Press

सामाजिक सेवामा अस्तित्व फाउन्डेसन: रैनादेवीमा १ हजारभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । पाल्पाको रैनादेवि छहरा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रैनादेवि छहरा गाउँपालिकाको संयोजन तथा निरोग स्वास्थ्य क्लिनिक बुटवल र अस्तित्व फाउण्डेसनको सहयोग रैनादेवि माध्यमिक विद्यालय भुवनपोखरीमा शुक्रबार स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा करिब १०५० जना भन्दा बढी स्थानीयले स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा बरिष्ठ फिजिसियन बिशेषज्ञ डा. नन्दु पाठक र डा. प्रकाश भट्टराई, बाल रोग बिशेषज्ञ डा. श्रीधर खनाल, स्त्री रोग बिशेषज्ञ डा. ज्योती श्रेष्ठ, हाडजोर्नी रोग बिशेषज्ञ डा. हीरामणी पौडेल, बरिष्ठ रेडियोलोजिस्ट डा. सुरेश थापा र डा. सुरेन्द्र रायमाझीले जाँच गरेका थिए ।

यस्तैनाक कान घाटी रोग बिशेषज्ञ विवश पराजुली, मेडिकल अधिकृत डा. कल्पना न्यौपाने, डा. गोकुल पौडेल, डा. शिशिर कु पटेलले निशुल्क जाँच गराएका थिए ।  विशेषज्ञ डाक्टरले परीक्षण गर्नुका साथै औषधि प्रदान गरेका थिए ।

शिविर रैनादेवि छहरा वार्ड नं ३ कार्यालय, भुवनपोखरी र रुपन्देही–भुवनपोखरी सम्पर्क समाजले आयोजना गरेको हो ।

बिभिन्न औषधि उत्पादन् गर्ने कम्पनीहरुले निशुल्क रुपमा औषधि उपलब्ध गराएका थिए ।यस क्षेत्रका नागरिकहरुले विशेषज्ञ सेवा लिएका थिए । सहरमुखी स्वास्थ्य व्यवस्था थोरैभएपनि यो कार्यक्रमले स्वास्थ्य समस्यामा मल्हम लगाउन सकियोस् भनेर शिविर सञ्चालन गरिएको फाउन्डेशनले जनाएको छ ।

फाउण्डेशनले उक्त विद्यालयलाई स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर