सीट बाँडफाँटको टुंगो लगाउन गठबन्धनका शीर्ष नेताहरू आज पनि बैठक बस्दै – Nepal Press

सीट बाँडफाँटको टुंगो लगाउन गठबन्धनका शीर्ष नेताहरू आज पनि बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज फेरि बस्दैछ । बैठक आज बिहान ८ बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्दैछ ।

आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेता नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
शीर्ष नेताको हिजोको बैठक पनि सीट बाँडफाँटविनै टुंगिएको थियो । हिजोको बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताए ।

‘हिजोको बैठकमा हामीले तालमेलका बारेमा छलफल गर्‍यौं । कार्यदलले तयार पारेको प्रतिवेदनका बारेमा त्यहाँ रिपोर्टिङ भयो’, उनले भने, ‘कार्यदलले केही कुरा मिलाएको छ, केही बाँकी छ । आज हामी सकेसम्म टुंगो लगाउँछौं । केही केही बाँकी रहे अगाडि जाला । तर, अधिकांश विषय आज टुंग्याउँछौं ।’

आजको बैठकमा कार्यदल बैठकले मौखिक रूपमा जानकारी दिएको कुरामा छलफल आरम्भ हुने एक नेताले बताए ।यसअघि कार्यदल बैठकमा छलफल गरी केही सिटमा सहमति जुटेको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको नेताहरूले बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर