कार्यदलले कसरी टुङ्गाउँदै छ सिट बाँडफाँट ? – Nepal Press

कार्यदलले कसरी टुङ्गाउँदै छ सिट बाँडफाँट ?

कैलाली । सिट बाँडफाँटमा सहमति जुटाउन तयार भएको कार्यदले भोलि गठबन्धनका शीर्षस्थ नेतालाई प्रतिवेदन बुझाउने जनाएको छ । आजको बैठकबाट निस्किएका सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदलमा सिट बाँडफाँटको विषयमा करिब करिब सहमति भइसकेको र लिपिबद्ध गर्न बाँकी रहेको जनाएका थिए ।

करिब सिट बाँडफाँटको विषयमा सहमति भइसकेको कार्कीले दाबी गरे पनि अझै केही विषयमा छलफल हुन बाकी रहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

‘छलफल भइरहेको छ। टुङ्गिन बाकी छ’ उनले भने  ‘आ–आफ्नो विषयमा क्लियर भएको छैन ।’

उनका अनुसार भोलि प्रदेश र संघकै सहमति सक्ने तयारी भइरहेको छ । तर, प्रदेशका विषयमा केही समस्या भएको हुँदा प्रतिनिधि सभाको मात्रै भए पनि टुङ्गिन सक्ने उनी बताउँछन् ।

‘प्रदेश र संघको सक्ने ट्राई हुन्छ  । नभए संघको मात्र भए पनि क्लियर गर्ने भन्ने कुरा भएको छ’ उनले नेपाल प्रेसलाई भने ।

यता आजै कैलाली पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कार्यदल सहमति नजिक पुगिसकेको जनाएका थिए । उनले १ सय सिटको दाबी गरेको काँग्रेस ८० मा झरेको र आफूहरू ६० को वरिपरिमा सहमति नजिक पुगेको दाबी गरेका थिए ।

‘काँग्रेस १०० सिट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौँ केही तलमाथि होला । समाजवादीको २५ वरिपरि होला’ प्रचण्डले भनेका थिए  ।

प्रचण्डले काँग्रेसको हकमा भनेजस्तै ८० को हाराहारीमा सहमति नजिक रहेको तर, माओवादी केन्द्रको हकमा भने ६० सिटमा सहमति हुन नसकेको स्रोतको दाबी छ ।

माओवादीलाई (नेसपा) बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेवसहितलाई ४५ देखी ५० को हाराहारी , नेकपा एसलाई १८ देखी २० को हाराहारी , जसपालाई १२ र राजमोलाई १ सिटमा छलफल भइरहेको छ । तर, यस विषयमा भोलि अन्तिम छलफल गरेर भोलि नै सहमतिको खाका शीर्षस्थ नेतालाई बुझाउने तयारी छ ।


प्रतिक्रिया

One thought on “कार्यदलले कसरी टुङ्गाउँदै छ सिट बाँडफाँट ?

  1. प्रधानमन्त्री के गरेर खाने र लुटने भन्दा अरु कुरामा देउवा प्रचण्डको ध्यान देखिन्छ ? म त देख्दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *