सत्ता गठबन्धनको बैठक बस्दै, टुंग्याउलान् त सीट बाँडफाँट ? – Nepal Press

सत्ता गठबन्धनको बैठक बस्दै, टुंग्याउलान् त सीट बाँडफाँट ?

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे बस्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सीट बाँडफाँट गर्ने बैठकको एजेन्डा भएको जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ ।

जसकारण सोमबार गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सीट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सीट दिने भन्ने विषयमा दलहरुले सहमति जुटाउन सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर