धरानका मेयर हर्क साम्पाङले भेटे प्रचण्ड र अर्थमन्त्री शर्मालाई – Nepal Press

धरानका मेयर हर्क साम्पाङले भेटे प्रचण्ड र अर्थमन्त्री शर्मालाई

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् ।

धरानमा कोशी नदीबाट पानी पुर्‍याउनका निम्ति संघीय सरकारसँग बजेटका लागि आह्वान गर्न काठमाडौं आएका हर्कले आज प्रचण्ड र अर्थमन्त्री शर्मासँग भेट गरेका हुन् ।

भेटमा प्रचण्डले धरानमा भइरहेको कार्यको प्रशंसा गरेका छन् भने अर्थमन्त्री शर्माले धरानमा जनपरिचालनबाट भइरहेको कार्य उदाहरणीय भएको बताए ।

मेयर साम्पाङले उनीहरुसँग धरानका विकासका लागि सरकार र मन्त्रीहरुले सहयोग गर्नुपर्ने माग राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर