स्वास्थ्य बीमा कोल्याप्स नगरियोस् : सांसद अधिकारी – Nepal Press

स्वास्थ्य बीमा कोल्याप्स नगरियोस् : सांसद अधिकारी

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताए ।

‘स्वास्थ्य बिमा कार्यक्रममा ११ अर्ब संकलन भएको छ बिमितहरूबाट । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्‍याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् ।

के ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको हुर्मत लिन लागेको हो ?,’ अधिकारीले प्रश्न गरे । उनले एक मात्र समाजवादन्मुख कार्यक्रम स्वास्थ्य बिमा कोल्याप्स पार्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘स्वास्थ्य बिमा कोल्याप्स गर्न पाइन्न । एचआईभी एड्स संक्रमित, ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको भन्दै उनले सभामुखमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर