चुनावका लागि एमालेले आज दल दर्ता गर्ने – Nepal Press

चुनावका लागि एमालेले आज दल दर्ता गर्ने

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागिताका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदैछ ।

एमाले निर्वाचन विभागका अनुसार साढे १२ बजे उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता निवेदन लिएर आयोग जाने भएका हुन् ।

निर्वाचन आयोगले साउन २२ गते देखि साउन ३१ गतेसम्मका लागि यसअघि दल दर्ता गर्न आह्वान गरेको थियो ।

दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर