ओलीको टिप्पणी- देउवाको गन्तव्य मेडम साहेव, प्रचण्डको सुपुत्री, माधव गन्तव्यहीन (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी- देउवाको गन्तव्य मेडम साहेव, प्रचण्डको सुपुत्री, माधव गन्तव्यहीन (भिडिओ)

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको टिप्पणी गरेका छन् । सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरेका हुन् ।

शुक्रबार एमालेको उपत्यका विशेष प्रदेश कमिटी रणनीतिक कार्यशाला गोष्ठीमा ओलीले प्रमुख नेताहरूप्रति आलोचना गरेका हुन् । उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने आरोप लगाए ।

‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबते बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भने ।

उनले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गरे । कानुन नभएको शासनजस्तो अहिलेको सरकार रहेको ओलीले बताए ।

‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलवाड ?’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर