बोरिस जोनसनको पद धरापमा, को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ? – Nepal Press

बोरिस जोनसनको पद धरापमा, को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको कार्य क्षमता र सरकारको कार्यशैली ठीक नभएको भन्दै मन्त्रीहरुले धमाधम राजिनामा दिएसँगै जोनसनले प्रधानमन्त्री पद गुमाउने सम्भावना देखिएको छ । यसैबीच अब बेलायतको नयाँ प्रधानमन्त्री को बन्लान् भन्ने विषयको बहस समेत सुरु भएको छ ।

वित्तमन्त्री ऋषि सुनक, स्वास्थ्यमन्त्री साजिद जाविद, बालबालिका र परिवारमन्त्री विल क्विन्स र कनिष्ठ यातायातमन्त्री लौरा ट्रटले मंगलबार राती र बुधबार राजीनामा दिएसँगै बेलायतमा नयाँ प्रधानमन्त्रीको बहस सुरु भएको हो ।

हालसम्म बेलायतमा ५० जनाभन्दा बढी मन्त्री तथा सभासदहरुले राजीनामा दिइसकेका छन् । कोरोना माहामारीको लकडाउनको समयमा आफ्नै घरमा मदिरा पार्टी गरेको तस्विर सार्वजनिक भए देखी नै विवादमा तानिएका बेलायती प्रधानमन्त्री जोनसनले अघिल्लो महिना अविश्वासको प्रस्तावको सामना गर्नु परेको थियो भने फेरी पनि उनलाई प्रधानमन्त्री पद छोड्न दवाब बढेको छ ।

अन्तर्राष्टिय संचार माध्यमहरुका अनुसार बेलायतका नयाँ प्रधानमन्त्रीको ‘रेस’मा हाल ६ जना नेताहरु रहेका छन् । जसमध्ये भूतपूर्व वित्त मन्त्री ऋषि सुनकलाई प्रबल दाबेदारको रुपमा लिने गरिन्छ ।

ऋषि सुनक : सन् २०१५ मा पहिलो पटक सांसद बनेका ऋषि सुनक जोनसनका विश्वास पात्रको रुपमा चिनिदैँ आएका नेता हुन् । उनी ब्रेकजिटको पूर्ण समर्थन गर्दै राष्टिय राजनितीमा स्थापित भएका नेता हुन् । भारतिय मुलका ऋषि आफ्नी श्रीमतीको कारण बेला–बेलामा विवादमा तानिने गरेका छन् । वास्तवमा उनकी श्रीमती बेलायतकी नागरिक हैन जसको कारण बेलायत सरकारलाई उनले आयकर तिर्नु पर्दैन तसर्थ श्रीमतीको माध्यमबाट कर छलिरहेको भनेर उनको बेला–बेलामा आलोचना हुने गरेको हो ।

लिज ट्रस : ४६ वर्षीया लिज ट्रसको पूरा नाम एलिजाबेथ मेरी ट्रस हो । उनी साउथ वेस्ट नर्थफोककी सांसद हुन् । लिज विदेशी साझा सम्पत्ति र विकास मामिला सचिव पनि हुन् । हाल उनी पनि बेलायतको भावी प्रधानमन्त्री बन्न सक्ने प्रबल दाबेदारको रुपमा चिनिन्छिन् ।

जेरमी हन्ट : ५५ वर्षीय विदेश सचिव २०१९ को चुनावमा दोस्रो सबैभन्दा लोकप्रिय नेता थिए । उनको सार्वजनिक छवि निष्कलंक छ। यस् अर्थमा उनी पनि प्रधानमन्त्रीका प्रबल दाबेदार मानिन्छन् ।

नदीम जाहवी : इराकबाट शरणार्थीको रुपमा बेलायत आएका नदीम २०१० मा पहिलो पटक सांसद बनेका थिए । उनी पनि हाल प्रधानमन्त्रीको दौडमा रहेको अन्तराष्टिय संचार माध्यमहरुले जनाएका छन् ।

पेनी मार्डेट : पूर्वरक्षामन्त्री पेनी पनि प्रधानमन्त्री बन्ने दौडमा छिन् । बेलायतमा युरोपेली युनियनबाट बाहिरिने विषयमा चर्चा चलिरहँदा पेनीको एक अन्तरवार्ता निकै चर्चित भएको हो ।

वेन वालेस :  ब्रिटिश शाही सेना हुँदै रक्षामन्त्री बनीसकेका वेन पनि हाल प्रधानमन्त्रीको दौडमा छन् । रुस–युक्रेन युद्धमा बेलायतको अडानबारे दिएको अभिव्यक्तीका कारण पनि उनी पछिल्लो समय चर्चा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर