नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण – Nepal Press

नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार अपराह्न शीतल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् ।

जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रूपमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई सरकारमा पठाएको थियो ।

मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live