भारत र इजिप्टमा रहेका केही दूतावासको एकाउण्टमा ट्वीटरको प्रतिबन्ध – Nepal Press

भारत र इजिप्टमा रहेका केही दूतावासको एकाउण्टमा ट्वीटरको प्रतिबन्ध

काठमाडौं । ट्वीटरले भारतमा रहेका संयुक्त राष्ट्रसंघ, टर्की, इरान र इजिप्टमा रहेका पाकिस्तानी दूतावासहरूको एकाउन्टमा प्रतिबन्ध लगाएको छ ।

केही समयअघि पनि पाकिस्तानको राष्ट्रिय सार्वजनिक प्रसारण रेडियो पाकिस्तानको एकाउण्टमा रोक लगाइएको थियो । भारतमा ट्वीटरले यी आधिकारिक एकाउण्ट बन्द गरेपछि पाकिस्तानी विदेश मन्त्रालयले तत्काल पहुँचको साथ पुन:स्थापित गर्न आग्रह गरेको छ ।

केही समय अगाडि भारतको सूचना तथा प्रसारण मन्त्रालयले राष्ट्रिय सुरक्षा, विदेश सम्बन्ध र सार्वजनिक व्यवस्था सम्बन्धी कुप्रचार गरेको भन्दै पाकिस्तानका ६ वटा च्यानलसहित १६ युट्युब न्यूज च्यानललाई भारतमा बन्द गरेको थियो । भारतीय सूचना तथा प्रसारण मन्त्रालयका अनुसार ती युट्युब च्यानलहरूले भारतमा आतंक फैलाउन, साम्प्रदायिक असमानता भड्काउन र सार्वजनिक व्यवस्थामा खलल पुर्‍याउन गलत, अप्रमाणित सूचना फैलाइरहेका थिए ।

हाल भारतमा प्रतिबन्ध लगाइएका एकाउन्टमा ट्वीटरले ‘लिगल डिमाण्ड’ को आधारमा प्रतिबन्ध लगाइएको प्रष्ट्याएको छ । यद्यपि ट्वीटर तथा भारत सरकारले यस विषयमा आधिकारिक रूपमा केही बोलेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर