विश्वकप २०२२ मा टीममा २६ खेलाडी राख्न फिफाले दियाे अनुमति – Nepal Press

विश्वकप २०२२ मा टीममा २६ खेलाडी राख्न फिफाले दियाे अनुमति

काठमाडौं । कतारमा आयोजना हुने विश्वकपका लागि टीममा २६ खेलाडी राख्न फिफाले  अनुमति दिएको छ ।

याे नियम यसअघि कोरोना भाइरस महामारीका बेलामा लागू गरिएको थियो । यसअघि विश्वकपमा २३ जनाकाे टीम हुने व्यवस्था थियो । तर, कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै फिफाले २६ खेलाडीको टीम बनाउन अनुमति दिएको हो ।

यस्तै फिफाले एक खेलमा टीमले सब्स्टिट्युटमा १५ खेलाडीको नाम राख्न पाउने बताएको छ । यो नियम इङल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले माग गरेका थिए ।

‘मलाई लाग्छ सबै खेलाडी खेलका लागि उपलब्ध हुनुपर्छ । यदि टीम ठूलो हुन्छ भने जुनसुकै खेलमा जसलाई पनि परिवर्तन गर्न पाउनुपर्छ’, ग्यारेथले अपीलमा भनेका थिए ।

विश्वकपमा सहभागिता जनाउने ३२ वटा देशले अक्टोबर २० मा खेलाडीहरुको अन्तिम नामावली बुझाइसक्नुपर्नेछ । विश्वकपको उद्घाटन खेल नोभेम्बर २१ मा हुनेछ । पहिलो खेलमा सेनेगल र नेदरल्यान्डस्बीच अल थुमामा स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।

फिफाले २६ जना खेलाडी र ११ जना अफिसियललाई टीममा राख्न मिल्ने बताएको छ । जसमा एकजना डाक्टर अनिवार्य गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *