सदनमा गृहमन्त्रीले भने- बर्दियामा गोली चलाउने आदेश थिएन – Nepal Press

सदनमा गृहमन्त्रीले भने- बर्दियामा गोली चलाउने आदेश थिएन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बर्दिया घटनामा गोली चलाउन आदेश नभएको स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूको प्रश्न र सभामुखको रुलिङपछि स्पष्टीकरण दिँदै गृहमन्त्री खाणले बर्दिया घटनामा गृहमन्त्रालय, सीडीओ वा एसपीले गोली चलाउन आदेश नदिएको बताएका हुन् ।

उनले कमभन्दा कम बल प्रयोग गर्ने सरकारको नीति भएपनि बर्दियामा प्रहरीको गोली लागि किशोरीको निधन हुनु दुःखद रहेको भन्दै खाणले घटनाबारे छानबिन गर्न समिति बनाइएको हो ।

‘गोली चलाउन आदेश भएको देखिदैन तर घटना भइसकेको छ । यसबारे सत्यतथ्य छानबिन गर्न आजै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेका छौं’, गृहमन्त्री खाणले भने ।

बर्दियाको मधुवन नगरपालिकामा बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । सो क्रममा स्थानीय नविना थारुको मृत्यु भएको थियो ।

गृहमन्त्री खाणको स्पष्टीकरणमा चित्त नबुझाएका सांसदहरुले उनलाई पुनः प्रश्न गरेका छन् । सो क्रममा उनीहरुले बिना आदेश गोली चल्नु सरकारकै कमजोरी हुने भन्दै गृहमन्त्रीको जवाफदेहिता माग गरेका छन् ।


प्रतिक्रिया

One thought on “सदनमा गृहमन्त्रीले भने- बर्दियामा गोली चलाउने आदेश थिएन

  1. यो खाले अस्थिरता मच्चाउने गृहमन्त्रीले तुरुन्तै राजिनामा दिनुपर्छ गृह मन्त्रालयमा बसेर गोली चलाउने आदेश छैन भन्ने अनि प्रहरी गोली चलाउन कहाँबाट आदेश पाए त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर