अमेरिकी उपमन्त्रीले देउवालाई भेटिन् – Nepal Press

अमेरिकी उपमन्त्रीले देउवालाई भेटिन्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाले भेट गरेकी छन् ।

जियासहितको टोलिले आज बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको हो ।

उक्त वार्तामा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.