हेटौंडामा मेयरका तीन उम्मेदवारबाहेक कसैले कटाएनन् सय मत, तीनजनाको शून्य – Nepal Press

हेटौंडामा मेयरका तीन उम्मेदवारबाहेक कसैले कटाएनन् सय मत, तीनजनाको शून्य

हेटौंडा । मकवानपुरको १० वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । वागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडामा पनि अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । हेटौंडामा गठबन्धनले जित दर्ता गर्दा एमाले दोस्रो तथा राप्रपाका उम्मेदवार तेश्रो भएका छन् ।

निर्वाचन तथा मतगणनाको क्रममा हेटौंडा उपमहानगरपालिकामा गठबन्धन, एमाले तथा राप्रपाका उम्मेदवार र उनीहरुको मतको मात्र चर्चा भयो । तर यहाँ विभिन्न पार्टी तथा स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । तर रोचक कुरा १७ मध्ये गठबन्धनकी विजयी उम्मेदवार नेकपा एसकी मीना लामा, एमालेका अनन्तप्रसाद पौडेल तथा राप्रपाका दिपकबहादुर सिंहबाहेक कसैले पनि एक सय मत कटाउन सकेनन् ।

मेयर पदमा उम्मेद्वार दिएकी मौलिक जरोकिलो पार्टीकी सृजना बर्तौैलाले ८४ मत, उन्‍नत लोकतन्त्र पार्टीका अयोध्याकुमार भट्टराईले ४० मत, नेपाल मजदुर किसान पार्टीका रमेशमान सिंहले ३४ मत, नेकपा मालेका केशव घर्तीले २४ मत, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका संजिव खरालले १० मत र सचेत नेपाली पार्टीका रामप्रसाद गौतमले ७ मत ल्याए ।

मेयरमानै उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरु लिला कुमारी आचार्य र देवराज पौडेल क्रमशः ६७ र ४१ मत पाउन सफल बने । यसैगरी, स्वतन्त्रबाट मेयरमा उत्तरकुमार दुलालले ४ मत, पुरुषोत्तम रुपाखेती ४ मत, विश्‍वनाथ पाण्‍डेले २ मत र कविराज पाठकले एक मत पाएका छन् ।

मेयरमानै उम्मेदवार दिएका रोमनाथ भुर्तेल, प्रदिप ढकाल र सञ्जय खरेलले शून्य मत प्राप्त गरे । भुर्तेल भने निर्वाचनको दुई दिनअघि एमालेमा प्रवेश गरेका थिए । तर पनि निर्वाचन आयोगमा भने उनको उम्मेदवारी कायम भएको कारण उनको शून्य मत देखिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर