सुदूरपश्चिममा मतदान : तीन जिल्लामा बढी तनाव – Nepal Press

सुदूरपश्चिममा मतदान : तीन जिल्लामा बढी तनाव

कैलाली । स्थानीय तह निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा निर्वाचन भइरहेको छ । यहाँका तीन जिल्लामा मतदानका क्रममा झडप भएको छ ।

सबै भन्दा धेरै तनाव बाजुरा जिल्लामा रहेको छ । यहाँका आधा दर्जन बढी मतदान स्थलहरूमा विवाद उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आधा दर्जन बढी ठाउँमा झडप भएपछि प्रहरीले बल प्रयोग गरेको थियो । झडपमा केही प्रहरी र केही राजनैतिक दलका कार्यकर्ता घाइते भएका छन् ।

अहिले पनि केही स्थानमा मतदान रोकिएको प्रहरीले जनाएको छ । बुढीगंगा नगरपालिका र बुढीनन्दा नगरपालिकामा सबै भन्दा धेरै तनाव रहेको प्रहरीको भनाइ छ । खप्तड देडेदहमा दुई प्रहरी घाइते भएका छन् ।

यता बझाङको जयपृथ्बी नगरपालिका ७ अन्तर्गत सुनिपिपल चौर माध्यमिक विद्यालयमा पनि विवाद भएको छ ।

नेकपा एमाले र गठबन्धनका दलहरू बिच भएको झडपका क्रममा त्यहाँ मतपेटिका फुटेको छ । झडप नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ ।

त्यस्तै केदारस्युँ जगन्नाथ माविमा पनि झडप भएको छ ।
दार्चुलामा जिल्लामा पनि झडप भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका ६ को पशुपति माविको मतदान केन्द्रका झडप भएको हो ।

मतदान केन्द्र भित्रै विवाद बढेर झडप भए पनि प्रहरीले पाँच राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

प्रहरीले बल प्रयोग गरेपछि रोकिएको मतदान प्रक्रिया पुन सुरु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर