प्रचण्डले हार स्वीकार गरिसके, सूर्यको विजय हुन्छ : बादल – Nepal Press

प्रचण्डले हार स्वीकार गरिसके, सूर्यको विजय हुन्छ : बादल

चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले स्थानीय तह निर्वाचनमा सूर्यको विजय हुने दाबी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हार स्वीकार गरिसकेको उल्लेख गर्दै बादलले सूर्यको विजय हुने दाबी गरेका हुन् ।

मतदानपछि प्रतिक्रिया दिँदै उनले भने, ‘प्रचण्डले आफ्नो हार स्वीकार गरिसकेका छन् । त्यसैले सूर्य विजय हुन्छ भन्ने कुरा त अस्तिको भरतपुरको सभाबाट स्पष्ट भइसकेको छ ।’

प्रचण्डले शुक्रवार मतदान गरेपछि पनि आफ्नो हार स्वीकार गरेको बादलको टिप्पणी छ । प्रचण्डले हार जित स्वाभाविक रूपमा लिनुपर्छ भन्नुको अर्थ उनी पराजय स्वीकार गरेको हुने बादलको भनाई छ ।

उनले भने, ‘बिहान पनि उहाँले स्वीकार गरिसक्नुभएको छ । मतदानमा हार जित स्वाभाविक रूपमा लिनुपर्छ भन्नुको अर्थ त्यही हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर