नाटकीय जितसँगै रियाल च्याम्पियन्स लिगको फाइनलमा – Nepal Press

नाटकीय जितसँगै रियाल च्याम्पियन्स लिगको फाइनलमा

 

काठमाडौं । इंग्लिस महारथि म्यानचेस्टर सिटीलाई सेमिफाइनलमा समग्र ६–५ गोलको नतिजामा पराजित गर्दै रियाल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

सिटीको मैदानमा भएको पहिलो लेगमा ४–३ गोलको नतिजामा पराजित भएको रियालले बुधबार राति भएको दोस्रो लेगमा ३–१ को जित निकाल्दै फाइनलमा लिभरपुलसँगको भेट निश्चित गरेको हो ।

गय राति रियालको मैदानमा भएको खेलमा रियाललाई जित दिलाउन रोडरिगोले दुई तथा करिम बेन्जिमाले एक गोल गरे । सिटीका लागि रियाड माहरेजले एक गोल गरेका थिए ।

घरेलु मैदानमा सिटीविरुद्ध माहरेजले ७३औं मिनेटमा गरेको गोलसँगै रियाल पछाडि परेको थियो । तर, रियालका रोडरिगोले ९०औं मिनेटमा गोल गर्दै बराबरीको आशा दिलाएका थिए ।

इन्जुरी समयमा रोडरिगोले गरेको गोलसँगै बराबरीमा पुगेको खेलको अतिरिक्त समयमा रियालले बाजी मार्यो ।

१३ पटकको विजेता रियाललाई फाइनलमा पुर्याउन अतिरिक्त समयको पाँचौं मिनेटमा बेन्जिमाले गरेको गोल नै पर्याप्त बन्यो ।

रियालले फाइनलमा लिभरपुलसँग खेल्नेछ । लिभरपुल भियारियाललाई पराजित गर्दै फाइनलमा पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *