कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन, बिहान ८ देखि ११ बजेसम्म हुने – Nepal Press

कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन, बिहान ८ देखि ११ बजेसम्म हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा समय तालिका परिवर्तन गरेको छ । जेठ १६ गतेदेखि २५ गतेसम्म हुने परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्मका लागि निर्धारण गरिएको थियो । तर परीक्षा बोर्डले समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाएको छ ।

विभिन्न सरोकारवाला निकायसँगको परामर्शपछि परीक्षा समय तालिका परिवर्तन गरिएको बोर्डले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर