‘गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाको सौदाबाजी मात्रै’ – Nepal Press

‘गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाको सौदाबाजी मात्रै’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सत्ताघटक पाँच दलको गठबन्धनलाई ‘गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाको सौदाबाजी मात्रै’ भनेका छन् । आगामी स्थानीय तहको चुनावमा समेत गठबन्धन गरेर जाने निर्णय गरेकोप्रति लक्षित गर्दै रिजालले यस्तो टिप्पणी गरेका हुन् ।

पाँचतिर फर्केका र पाँचवटा चुनाव चिह्न बोकेर नेकपा (एमाले)का विरूद्धमा मोर्चा बनाएका पॉच दलको गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाबीचको सौदाबाजी मात्र हो’, उनले भनेका छन्, ‘स्वार्थ, आशंका र प्रतिशोधको जगमा खडा भएको यो ‘ढोडको लौरो’लाई परस्त गर्न हाम्रो बलियो संगठन, दृढ नेतृत्व, अपूर्व सक्रियता र जनताको अपार माया पर्याप्त हुन्छ ।’

पछिल्ला दिनमा भागबण्डा नमिलेका कारण गठबन्धनभित्र गडबड बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर