वायु प्रदूषण नियन्त्रण माग गर्दै नेसपाले गर्‍यो प्रदर्शन – Nepal Press

वायु प्रदूषण नियन्त्रण माग गर्दै नेसपाले गर्‍यो प्रदर्शन

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले देशभर बढेको वायु प्रदर्शन नियन्त्रणका लागि पहल गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

केही दिनयता संघीय राजधानी काठमाडौंसँगै देशभर वायु प्रदर्शन बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेसपाले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

बढ्दो वायु प्रदूषण र यसले आमनागरिकमा ल्याएको स्वास्थ्य जटिलता; देशव्यापी डढेलो नियन्त्रणमा सरकारको उदासीनता देखिएको प्रदर्शनमा सहभागीहरुको भनाइ छ ।

पर्यावरणीय संकटबारे सरकारको एकदम कमजोर देखिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । बेलैमा रोकथामको निम्ति लिनुपर्ने पहलहरूमा सरकारको बेवास्ताप्रति खबरदारी गर्न प्रदर्शन गरिएको नेसपाकी नेतृ मानुषी यमी भट्टराईले बताइन् । स्वच्छ वातावरणको संवैधानिक मौलिक हक सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले ‘नेता बस्छन् एसीमा, जनता धूलोधूवाँमा’, ‘हाम्रो जंगलमा डढेलो हेर्दा कहाली लाग्छ, यस्तो अवस्थामा सरकार तिम्लाई निन्द्रा लाग्छ ?’ लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर