आइपीएलमा चेन्नइको लगातार तेस्रो हार – Nepal Press

आइपीएलमा चेन्नइको लगातार तेस्रो हार

काठमाडौं । पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी– २० क्रिकेटमा साविक विजेता चेन्नइ सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ ।

मुम्बईमा आइतबार राति पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नइले १८ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटिएको हो ।

चेन्नइका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए । पन्जाबका राहुल चाहरले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो ।

पन्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन बनाए । चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २(२ विकेट लिए ।

जितसँगै पन्जाबले तीन खेलबाट दोस्रो जित निकालेको छ । पन्जाबले ३ खेलबाट ४ अंक जोडेको छ । चेन्नईले ३ खेलमा अंक जोड्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *