१४ बलमा १९ रन जोडेर आउट भए दीपेन्द्र – Nepal Press

१४ बलमा १९ रन जोडेर आउट भए दीपेन्द्र

काठमाडौं । वेस्ट इन्डिज एविरुद्ध २१० रनको लक्ष्य पछ्याइरहेको नेपालले छेटौँ विकेट गुमाएको छ ।

पछिल्लो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी व्यक्तिगत १९ रनमा आउट भए । उनले १४ बल खेलेका थिए । नेपालले १६.२ ओभरमा ६ विकेट गुमाएर १५२ रन जोडेको छ ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन जोडे । कुशल भुर्तेल १, कुशल मल्ल ४ र सन्दीप जोरा १९ रन जोडेर आउट भए ।

आसिफ शेखले खाता खोल्न सकेनन् । रोहितले चौथो विकेटका लागि सन्दीप जोरासँग ४० र पाचौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५३ रनको साझेदारी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर