एकै ओभरमा दुई कुशल आउट, नेपाल संकटमा – Nepal Press

एकै ओभरमा दुई कुशल आउट, नेपाल संकटमा

काठमाडौं। वेस्ट इन्डिज एविरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपाल एकै ओभरमा दुई विकेट गुमाएपछि थप दबाबमा परेको छ।

पाँचौँ ओभरमा नेपालले कुशल भुर्तेल र कुशल मल्ललाई गुमाएको छ।

पाँचौँ ‌ओभरको पहिलो बलमा कुशल भुर्तेल र पाँचौँ बलमा कुशल मल्ल आउट भए।

भुर्तेलले चार बलमा एक रन जोडे भने मल्लले ४ बलमा ४ रन बनाए। नेपालले ५ ओभरमा ३ विकेट गुमाएर ३१ रन जोडेको छ।

नेपालले रन नजोड्दै अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो।

कुशल भुर्तेल पछिल्ला ६ खेलमा सर्वाधिक ठूलो इनिङका रुपमा १६ रन बनाएका छन् । लगातार तीनपटक शून्यमा आउट भएपछि उनले अघिल्ला दुई खेलमा क्रमश: १६ रन र २ रनको इनिङ खेलेका थिए।

यस्तै कुशल मल्लले पछिल्ला ६ खेलमा सर्वाधिक ठूलो इनिङका रुपमा २० रन जोडेका छन्। उनी यसबीचमा एकपटक शून्यमा आउट भएका छन् भने एकपटक ३ रन जोडेर आउट भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर