रोहितको ‘हिरोइक्स’ समाप्त, ८२ रन बनाएर आउट – Nepal Press

रोहितको ‘हिरोइक्स’ समाप्त, ८२ रन बनाएर आउट

काठमाडौं । वेस्ट इन्डिज एविरुद्ध २१० रनको लक्ष्य पछ्याइरहेको नेपालले कप्तान रोहित पौडेललाई गुमाएको छ ।

रोहित पाँचौँ विकेटका रुपमा व्यक्तिगत ८२ रनमा आउट भए ।

रोहित पाँचौँ विकेटका रुपमा व्यक्तिगत ८२ रनमा आउट भए । नेपालले १४ ओभरमा ५ विकेट गुमाएर १२८ रन जोडेको छ ।

रोहितले चौथो विकेटका लागि सन्दीप जोरासँग ४० र पाँचौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५३ रनको साझेदारी गरे ।

कीर्तिपुर मैदानमा अहिले भइरहेको खेलमा नेपालका कुशल भुर्तेल १, कुशल मल्ल ४ र सन्दीप जोरा १९ रन जोडेर आउट भए । आसिफ शेखले खाता खोल्न सकेनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर