इटहरीमा बम विस्फोट, दुईजना घाइते – Nepal Press

इटहरीमा बम विस्फोट, दुईजना घाइते

इटहरी । इटहरीको नवजाग्रित टोलमा बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार राति दुई बजे भएको विस्फोटका कारण २२ वर्षका रविन थापा र २३ वर्षका शेरजंग गुरुङ घाइते भएका हुन् ।

थापाको विराटनगर आँखा अस्पताल र गुरुङको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । इटहरीका डिएसपी खगेन्द्र खड्काले घाइते दुवैको अवस्था सामान्य रहेको बताए ।

डिएसपी खड्काले कुन प्रकृतिको बम हो भन्ने बारेमा थप अनुसन्धान आवश्यक भएको बताए ।

घटनास्थलबाट ‘हिमाल सुरक्षा परिषद् नेपाल’को पर्चा भेटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *