लोसपा केन्द्रीय सदस्य यादव कांग्रेस प्रवेश, देउवाले गरे स्वागत – Nepal Press

लोसपा केन्द्रीय सदस्य यादव कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् । यादव सप्तरीका हुन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा यादवलाई कांग्रेससभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वउपसभापति विजयकुमार गच्छदारलगायतले खादा, माला र अबिर लगाएर स्वागत गरे ।

कांग्रेस प्रवेशको क्रममा यादवले आफूसहित लोसपाका ७ सय कार्यकर्ता कांग्रेसमा आउने तयारीमा रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर