दिपेन्द्रको पहिलो ओडीआई अर्धशतक – Nepal Press

दिपेन्द्रको पहिलो ओडीआई अर्धशतक

काठमाडौं । दिपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । घरेलु मैदानमा जारी पपुवा न्यूगिनिविरुद्धको खेलमा ८४ बलमा तीन चौका सहित ५० रन बनाए ।

दुवै ओपनर गुमाएपछि क्रिजमा आएका दिपेन्द्रले देव खनालसँग नेपालका लागि ओडीआईमा हालसम्मकै उच्च साझेदारी गरेका छन् । उनले देवसँग १ सय १४ रनको साझेदारी गर्दै अर्धसतक बनाए ।

देव खनाल ६७ रन बनाएर दिपेन्द्रदाई क्रिजमा साथ दिइरहेका छन् । टस जितर पहिला ब्याटिङ रोजेको नेपालले २८ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १ सय २५ रन बनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *