युक्रेनको राजधानी किभमा ३५ घन्टा कर्फ्यु – Nepal Press

युक्रेनको राजधानी किभमा ३५ घन्टा कर्फ्यु

किभ । युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ । बिहीबार रातीदेखि ३५ घन्टाका लागि कर्फ्यु लगाइएको हो ।

रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु घोषणा गरिएको सो सहरका मेयरले जानाकारी दिएका छन् ।

सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ । मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर