सिन्धुली कांग्रेसको सभापतिमा पोखरेल निर्वाचित – Nepal Press

सिन्धुली कांग्रेसको सभापतिमा पोखरेल निर्वाचित

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा निवर्तमान सभापति उज्ज्वल बराललाई पराजित गर्दै पोखरेल सभापतिमा निर्वाचित भएका हुन् ।

पहिलो चरणमा पाँचजना प्रतिस्पर्धीमध्ये कसैको पनि ५० प्रतिशत नकटेपछि दोस्रो चरणमा पोखरेल र बरालबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको निर्वाचनमा १ हजार ३ सय ७१ मत खसेकोमा निर्वाचित पोखरेलले ८ सय ८५ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी बरालले ४ सय ७७ मत ल्याए भने ९ मत बदर भयो ।

सभापतिमा निर्वाचित पोखरेल नेविसंघ, तरुण दलहुँदै पार्टीको जिल्ला नेतृत्वमा स्थापित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर