विश्वकप छनोट: नेपालले आज फिलिपिन्ससँग खेल्दै – Nepal Press

विश्वकप छनोट: नेपालले आज फिलिपिन्ससँग खेल्दै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को दोस्रो खेलमा नेपालले आज  फिलिपिन्ससँग खेल्दै छ।

नेपाली समय अनुसार ११:४५ मा सुरू हुने खेल ओमानको अलअमिरात क्रिकट मैदानमा हुदैछ। विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । समूहको पहिलो खेल खेल्दै शुक्रबार ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालको दोस्रो खेल खेल्न लागेको हो।

नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *