भोजपुर बालङ्खाबाट छुटेको बोलेरो दूधकोशी किनारमा खस्यो, २ को मृत्यु १२ यात्रु घाइते – Nepal Press

भोजपुर बालङ्खाबाट छुटेको बोलेरो दूधकोशी किनारमा खस्यो, २ को मृत्यु १२ यात्रु घाइते

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका-८ पारकुवामा बोलेरो दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

बालङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को. १ ज २६१७ नम्बरको बोलेरो दूधकोशी नदी किनारमा खसेको थियो । दुर्घटनामा आमचोक-१० की २७ वर्षीया रुना राई र ३६ वर्षीया शान्ति राईको मृत्यु भएको हो ।

रुनाको घटनास्थलमा र उपचारका लागि धरान घोपा लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दलकुमार राईले जानकारी दिए ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेहरूमा धरान ५ सुनसरीकी ७ वर्षीया आशिका राई, धरान ५ का ५० वर्षीय खानुहाङ राई, आमचोक-१० का सफल राई, ६० वर्षीय वीरबहादुर राई, ३० वर्षीय सुमन राई, ६ वर्षीया सृष्टी राई, ३१ वर्षीया सरस्वती राई, ६ महिने बालक अनरप राई, चालक प्रकाश राई, धरान १३ का १३ वर्षीय शाहिमान राई, लीजा राई र धरानकी ३५ वर्षीया सृजना राई रहेको प्रहरीले जनाएको छ ।

बोलेरोमा १४ जना सवार थियो । घाइते १२ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर