नेपालमा अमेरिकाको ‘कूटनीतिक जबर्जस्ती’को प्रतिरोध गर्ने चीनको चेतावनी – Nepal Press
एमसीसी विवाद

नेपालमा अमेरिकाको ‘कूटनीतिक जबर्जस्ती’को प्रतिरोध गर्ने चीनको चेतावनी

ग्लोबल टाइम्स/बेइजिङ । एमसीसी सम्झौतालाई लिएर अमेरिकाले नेपालमा ‘जबर्जस्तीपूर्ण कूटनीति’ गरेको भन्दै चीनले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् अन पिनले उक्त कुरा बताएका हुन् ।

झन्डै ६० अर्बको एमसीसी परियोजनालाई फेव्रुअरी २८ भित्र संसदीय अनुमोदन गराउन अमेरिकाले ‘जबर्जस्ती कूटनीति’ गरिरहेको आरोप चीनले लगाएको हो । ‘चीन त्यसको प्रतिरोध गर्छ’ प्रवक्ता पिनको भनाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

पिनले भने, ‘नेपालको आर्थिक विकास र जीवनस्तर सुधार्न हुने अन्तर्राष्ट्रिय सहकार्यलाई चीन स्वागत गर्छ तर, यो कदम राजनीतिक उद्देश्यले प्रेरित नभएर नेपाली नागरिकको आकांक्षामा आधारित हुनुपर्छ ।’

नेपालको मित्रवत छिमेकी र विकास साझेदारको नाताले चीनले नेपाललाई उपलब्ध गराउँदै आएको सहायतालाई निरन्तरता दिने बताउँदै प्रवक्ता पिनले आफ्नो देशको हित र जनताको चाहनालाई देखाउने निर्णय गर्न नेपाललाई साथ दिने समेत बताए ।

गतसाता मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी फेव्रुअरी २८ भित्र एमसीसी पारित नभए अमेरिकाले नेपाल नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएको विवरण सार्वजनिक भएको थियो ।

साथै, सम्झौताको संसदीय अनुमोदन हुन नसके यसमा चिनियाँ हस्तक्षेपको अर्थको रुपमा आफूहरुले बुझ्ने बताएको पनि उल्लेख थियो । गतसाता वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले एमसीसीलाई लिएर नेपालमा भैरहेका विवाद पछाडि चीनको हात रहेको हुनसक्ने टिप्पणी गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर