सभामुख सापकोटा सातै प्रदेशका उपसभामुखसँग अन्तरक्रियामा – Nepal Press

सभामुख सापकोटा सातै प्रदेशका उपसभामुखसँग अन्तरक्रियामा

काठमाडौं । सभामुख अग्नि सापकोटाले राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखसँग अन्तरक्रिया गरेका छन् ।

संघीय संसद सचिवालयको आयोजनामा अनुभव आदान प्रदानका लागि भन्दै बिहीबार काभ्रेको धुलिखेलमा सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै सापकोटाले सम्बोधन समेत गरेका थिए।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पनि सम्बोधन गर्ने छन्।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाल, प्रदेश १ का उपसभामुख सरस्वती पोख्रेल, मधेश प्रदेशका उपसभामुख उपमा कुमारी देव, बागमती प्रदेशका उपसभामुख राधिका तामाङ, गण्डकी प्रदेशका सिर्जना शर्मा, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी सहभागि रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर