प्रदेश १ मा जम्बो सरकार : शेरधन र भीमलाई उछिनेर राजेन्द्रले बनाए दोब्बर (सूचीसहित) – Nepal Press

प्रदेश १ मा जम्बो सरकार : शेरधन र भीमलाई उछिनेर राजेन्द्रले बनाए दोब्बर (सूचीसहित)

विराटनगर । संघीय सरकारको झल्को दिने गरी प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन ।

गत असोज १६ गते गठन भएको सरकारलाई मुख्यमन्त्री राईले १ राज्य मन्त्रीसहित १४ सदस्सीय मन्त्रीमण्डल विस्तार गरेका हुन् । यसअघिका शेरधन राई र भीम आचार्य नेतृत्वको दुईवटा सरकारले बनाएको भन्दा दोब्बर संख्यामा प्रदेश १ मा जम्बो मन्त्रीमण्डल बनाएर मुख्यमन्त्री राईले रेकर्डसमेत कायम गरेका छन् । ७-७ सदस्सीय मन्त्रीमण्डल बनाएर राई र आचार्यले नेतृत्व गरेका थिए ।

मुख्यमन्त्री राईले सार्वजनिक गरेअनुसार उनले थप कुनै जिम्मेवारी नलिइ आर्थिक मामिला तथा योजना मन्त्रीः इन्द्रबहादुर आङ्गबो, सडक पुर्वाधार तथा सहरी विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केदार कार्की, स्वास्थ्यमन्त्रीमा जयराम यादवलाई नियुक्ति तथा जिम्मेवारी बाँडफाँट गरेका छन् ।

नयाँ मन्त्रीहरूमा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा रामकुमार राई, सामाजिक विकास मन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृति मन्त्रीमा खिनु तङ्गवा लिम्बु, कृषी मन्त्रीमा झलकबहादुर मगरसहित बन, वातावरण तथा भू-संरक्षण मन्त्रीमा शेखरचन्द्र थापालाई जिम्मेवारी तोकेका छन् भने उद्योग, श्रम तथा रोजगार मन्त्रीमा ओमप्रकाश सरावागी, भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा प्रतापप्रकाश हाङगाम र यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा उपेन्द्रप्रसाद घिमिरेलाई नियुक्ति गरेको सार्वजनिक गरेका छन् । प्रदेश १ को एक मात्र राज्यमन्त्रीमा विणु तुम्वाहाम्फे नियुक्त भएकी छन् । उनलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर