प्युठानमा जन्ती बोकेको जीप दुर्घटनाः ६ जनाको मृत्यु, ७ घाइते – Nepal Press

प्युठानमा जन्ती बोकेको जीप दुर्घटनाः ६ जनाको मृत्यु, ७ घाइते

रूपन्देही । प्यूठानमा बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु गएको छ भने ७ जना घाइते भएका छन् ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जीप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै मृत्यु गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले नेपाल प्रेसलाई जानकारी दिए ।

ग १ ज ५०९२ नम्बर को जीप दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थापाले बताए।

जीप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *