यी हुन् भारतीय बजेटका मुख्य घोषणा, आर्थिक वृद्धिदर ९.२ प्रतिशत हुने प्रक्षेपण – Nepal Press

यी हुन् भारतीय बजेटका मुख्य घोषणा, आर्थिक वृद्धिदर ९.२ प्रतिशत हुने प्रक्षेपण

नयाँदिल्ली । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२/२०२३ को बजेट प्रस्तुत गरेकी छिन् । वित्तमन्त्रीको रुपमा यो उनको चौंथो बजेट हो ।

सोमबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा आगामी आवमा भारतको आर्थिक वृद्धिदर ९.२ प्रतिशत प्रक्षेपण गरिएको छ । बजेट भाषण पढ्दै मन्त्री सीतारमणले आफ्नो सरकार बिकास र गरिबीको भलाइका लागि प्रतिबद्ध रहेको बताइन् ।

एयर इन्डिया टाटा कम्पनीमा हस्तान्तरण हुनु र भारतीय जीवन बिमा निगमको आइपीओ चाँडै सार्वजनिक हुने तयारीमा हुनुलाई उनले उपलब्धीको रुपमा ब्याख्या गरिन् ।

वित्तमन्त्रीले आफ्नो सरकार समावेशी विकासतर्फ अघि बढेको समेत बताइन् । यसवर्ष भारतीय आर्थिक वृद्धिदर ९ प्रतिशतभन्दा बढी हुने र यो प्रक्षेपण संसारका ठूला अर्थतन्त्रभन्दा पनि बढी हुने उनको भनाई छ ।

यस्ता छन् मुख्य घोषणा

चालु वर्षमा भारतको विकास दर ९.२७ प्रतिशत रहने अनुमान गरिएको छ । यो विकास दर ठूलो अर्थव्यवस्थामध्ये सबैभन्दा धेरै हो ।

भर्चुअल र डिजिटल सम्पत्तिको विक्री तथा अधिग्रहणबाट हुने आम्दानीमा ३० प्रतिशत कर लाग्ने भएको छ ।

केन्द्र सरकारका कर्मचारीलाई पेन्सन स्कीममा १४ प्रतिशतसम्म करमा राहत मिल्ने भएको छ ।

प्रधानमन्त्री गतिशक्ति सात इन्जिनमार्फत अघि बढेको छ । ती हुन् : सडक, रेलवे, विमानस्थल, बन्दरगाह, वाटरवेज र लजिस्टिक इन्फास्ट्रक्चर । यी सात इन्जिनमार्फत अर्थव्यवस्था अघि बढ्ने जनाइएको छ ।

डिजिटल युनिभर्सिटी निर्माण गरिने भएको छ । यसमा अलग-अलग भाषामा अध्ययन हुने भएको छ ।

आत्मनिर्भर भारत कार्यक्रमअन्तर्गत १६ लाखभन्दा बढी नोकरी दिइने भएको छ भने ६० लाख नोकरी सिर्जना हुने जनाइएको छ ।

कोभिड महामारीको कारण औपचारिक शिक्षाबाट टाढिने बालबालिकालाई वन-क्लास-वन टिभी च्यानल व्यवस्था लागू गरिने भएको छ ।

स्किलिङ कार्यक्रमलाई नयाँ रुप दिइने भएको छ । युवालाई स्किलिङ, अपस्किलिङ र रिस्किलिङको लागि डिजिटल देश इ-पोर्टल लन्च गरिने भएको छ ।

कक्षा १ देखि १२ कक्षासम्म क्षेत्रीय भाषामा पुरक शिक्षा प्रदान गर्न वन क्लास, वन टिभी च्यानललाई १२ देखि बढाएर २०० टिभी च्यानल लन्च गरिने भएको छ ।

के-के महंगियो ?

आयातित सामान, गहना, स्पिकर-हेडफोन र इयरफोन, सोलार सेल्स र मोड्युल्स, एक्स-रे मेसिन, छाता, कच्चा इन्धन

के-के सस्तियो ?

चार्जर र क्यामेरा फोन, स्मार्टवाच, सुन्न प्रयोग हुने सामाग्री, हीरासहितका गहना, खेतीमा प्रयोग हुने उपकरण, बीउबिजन, स्टिल, पेट्रोलियम रिफाइनको लागि रसायन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर