नर्वेले दियो प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता, इजरायलले गर्यो राजदूत फिर्ता – Nepal Press

नर्वेले दियो प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता, इजरायलले गर्यो राजदूत फिर्ता

काठमाडौं । नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिएको छ । नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले मान्यता दिएको कुरा आफैँ सार्वजनिक गरेका छन् ।

सरकारी वेबसाइटमा जारी गरिएको सूचनामा उनले भनेका छन्, ‘प्यलोस्टाइनलाई देशको मान्यता दिन नर्वे सरकारले निर्णय गरेको छ ।’

रुसी विश्व च्यालन आरटीका अनुसार नर्वेको यो मान्यता यही हप्ता (मे २८) बाट लागु हुने भएको छ । आरटीका अनुसार नर्वे प्यालेस्टाइनलाई देशको मान्यता दिने दशौँ युरोपेली देश बनेको छ ।

यो भन्दा अगाडि बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, हंगेरी, माल्टा, पोल्याण्ड, रोमानिया, स्लोभाकिया र स्वीडेन छन् । नर्वेको मान्यता पाएसँगै आयरल्याण्डले पनि मान्यता दिएको सार्वजनिक गरेको छ ।

इजरायली विदेशमन्त्री इजरायल काजले नर्वे र आयरल्याण्डबाट आफ्ना राजदूतहरु फिर्ता गरेको छ । नर्वे र आयरल्याण्डसँगै स्पेनले पनि यस्तै मान्यता दिने तयारी गरेको बताइएको छ । इजरायलले स्पेनलाई पनि त्यस्तो गरेमा राजदूत फिर्ता गर्ने चेतावनी दिइसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *