आफूलाई युरोपेली संघबाट ज्यान मार्ने धम्की आएको जर्जियाका प्रधानमन्त्रीको आरोप – Nepal Press

आफूलाई युरोपेली संघबाट ज्यान मार्ने धम्की आएको जर्जियाका प्रधानमन्त्रीको आरोप

काठमाडौं । युरोपेली देश जर्जियाका प्रधानमन्त्रीले आफूलाई युरोपेली संघका आयुक्तबाट ज्यान मार्ने धम्की आएको बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार प्रधानमन्त्री इराक्ली कोबाखिद्सेले यस्तो सार्वजनिक हुन् । प्रधानमन्त्री कोबाखिद्सेले बिहीबार आफ्नो सामाजिक संजाल फेसबुकमा एक आयुक्तले टेलिफोनमा आफूलाई हत्या हुनसक्ने धम्कि दिएको बताए ।

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको जस्तै गोली हानेर हत्या प्रयास हुन सक्ने धम्की आएको उनले लेखेका छन् । विदेशी सहायताका गैरसरकारी संस्था (एनजिओ)को रकम सार्वजनिक हुनुपर्ने नयाँ नियम आएसँगै यस्तो धम्कि आएको उनले बताएका छन् ।

यद्यपि, उनले ति धम्कि दिने युरोपेली संघका आयुक्त को हुन भनेर खुलाएका भने छैनन् । गत मे १५ मा स्लोभाकिका प्रधानमन्त्रीलाई कयौँ गोली हानिएको थियो । ज्यान जोखिममा हुने अवस्थामा उनको उपचार भइरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर